अल्दोर्शोत २० अगस्त २०११
म्याग्दी जिल्लाको दक्षिण पश्चिम छेत्रमा पर्ने देविस्थान गाविस वासीहरुको सामाजिक संस्था देविस्थान मैत्री संघ यु केले यस्पालीको कार्यक्रम् छिमेकी मराङ गाविसका सुप्रसिध्ह लोक गायक खड्क गर्बुजा मगरका साथ मनाए,
२००७ साल देखि युकेमा पनि आयोजना गरिदै आइएको उक्त मेला देविस्थान गाविस अन्तर्गत पर्ने हरेक गाविसका मौलिक चाड , पर्व ,जात्राको सम्झनामा हरेक बर्ष सन्चालन गर्दै आईरहेकोमा यस्पाली सोही गाविस अन्तर्गत पर्ने मगरडाङ(डाङा) वासीहरुले मनाउने देउताभिर पर्व को सम्झनामा बिबिध कार्यक्रम् गरि सम्म्पन्न गरे । देविस्थान फेलोशिपले हरेक बर्ष सोही गाविस बाट एसएलसी मा उत्कृष्ट नतिजा ल्याई उत्तिर्ण हुने जेहेन्दार बिद्यार्थीलाई प्रोत्साहन स्वोरूप रु ५०००।- प्रदान गरिदै आएको छ भने हरेक बर्ष हरेक विधालय बाट उत्कृष्ट हुने विद्यार्थीलाई जनही रु ३०००।- प्रदान गरिदै आएको छ। हरेक बर्ष सोही गाविस अन्तर्गत पर्ने मगरदाङ "दाङा", रुन्मा, पुन्ठोक, जुग्जा, घर्ठोक ले क्रमै सँग मेला सन्चाल गर्दै आएका छन्।सघका निवर्तमान अदक्ष्य दम प्रसाद पुनको अदक्ष्यता उक्त कार्यक्रम्को आयोजना गरिएको थियो भने
प्रमुख अतिथि चर्चित लोक/सालैजो भाकाका सम्राट, गायक खड्क गर्बुजा रहेको उक्त कार्यक्रमा बिशेष अथितीहरुमा म्याग्दी ओवर्सिज नेपलिज असोसिएसनका यु केका अदक्ष्य योग कुमार फगामी ,बीम गाविस यु केका नर बहादुर पाइजा ,ताकम गाविसका उमेश् राना ,दाना सेरो फेरोका कमल पुर्जा ,ओखर बोट गाविसका दसरथ शेर्चन ,तिन गाविसका गणेश बुढाथोकी ,रहनु भएको थियो ,कार्यक्रमको सुरुवात सोही गाविसका मान्यजनले दिप प्रज्वल पस्चात राष्ट्रिय गानको लगत्तै गरिएको थियो भने उक्त कार्यक्रम्को सन्चालन समाजका सचिव टन्क शेर्चनले बिबिध मनोरन्जनात्मक कार्यक्रम्का साथ् बीच बीचमा आफ्ना चुड्किला ,गाउका रमाइला स्मरन आदि सुनाउदै गरेका थिए ,देउता भिर मेलाको बारेमा जानकारी अोम प्रसाद रानाले दिएका थिए ,देउता भिर मेलाको बारे प्रकास पार्दै उहाँले भन्नु भयो,म्याग्दी जिल्लामा रहेका बिभिन्न प्राक्रितिक रमणिय स्थल,देव देवताका तिर्थ स्थल मध्य समुन्द्र सतह देखि करिब ६ हजार मिटरको उचाइमा रहेको देविस्थान गाविसको डाङा गाउमा पर्दछ ,दाङा वासीले पुज्ने बिबिध देव देवताहरु मध्य परापुर्वकाल देखि पुज्दै आएको देउताभिर पनि एक हुन ,देउताभिर डाङा गाऊको फेद् भएर बग्ने दाङ खोला जुन खोला म्याग्दी खोला हुँदै बेनी दोभानमा काली खोला सँग मिसिन जान्छ ,त्यही दाङ खोलाको पारी भिरमा गोमनको रुख रहेको छ जहाबाट बार्है महिना पानी पलाउदछ र त्यहा सिद्ध बरहा देउताले बास गरेको भनिन्छ ,यी भिरमा रहेका देवतालाई नै देउताभिर नामाकरण गरियो,यी देवतालाई बिशेष गरि दुइपटक पुजा गरिन्छ मङ्सिर पुर्णिमा र बैशाख पुर्णिमाको अबसरमा ,मङ्सिरमा पुजा मात्र गरिन्छ भने बैसाखमा ठुलो जात्रा लगाई पुजा आजा गरिन्छ ,बिशेश गरि अन्न बाली किरा फत्यङ्राले नखाइदिउन ,हुरी बतासले नमासिदिउन ,असिना पानी ,बाढी पहिरो आदिले नस्ट नगरुन, ,खदेरी नपरोस भनि देउताको पुजा गर्ने चलन छ भने कसैले सन्तान प्राप्तीको लागि पुजा गर्ने गर्छन् ,छोरा नहुने ले छोरा वर माग्छन त गाई दिङा नहुने ले गाई दिङा माग्छन ,र यी सिद्ध बराहा ले अन्न बाली,धन जनको रक्षाको साथै बिभ्न्न मनोकान्छा पूरा गरिदिएको पाईन्छ ,छोरा नहुनेले वर मागी छोरा दियेको पोन्थोक ,दाङामा धेरै उदाहरण रहेका छन् भने यी देउतालाई वर मागी जन्मेका सन्तान वर वहादुर नै राखेको उधाहरण अझै छ , त्यस्तै आफ्नो पुर्वजले पनि गाई मागी पुजा गर्दा पछि फाली फाप भई ६०, ७० ओटा जति गाई फैलियेको कुरा पनि सुनाए ,यी देवताको पुजा गर्न व्यक्तीगत रुपले पनि आफ्नो मनोकान्छा राखी पुजा गर्न जान सकिन्छ ।अर्को अचम्म्कको प्रसँग सुनाउद्दै उहाँले भन्नु भयो पुजा गर्ने ठाउँ जहाँ गोमनको बोट छ त्यहाँ बार्है महिना पानी फुर्दछ त्यो पानी पिउदा अरु पानी जस्तै सामान्य स्वाद को हुन्छ तर जब त्यो पानी पुजा गरे पछिको प्रसादको लागि मासु आदि पकाएपछी चाक्दा नुनको स्वाद आउने, पछि नुन केही नथप्नु पार्ने बताउनु भयो . यी देउता लाई कहीले देखि पुज्न थालियेको कुनै लिखित प्रमाण नभएपनी धेरै परापुर्व काल देखि नै मान्दै आएको मानियेको छ पुजा गर्दा भेडाको पाठाले पुज्ने चलन छ, सरस्वती नाच ,सिङारु मारुनी नाच आदि नाचिन्छ र गीतमै देउतालाई खुशी पार्ने गरिन्छ ,
उहाका अनुसार - पुजाको लागि भेडाको पाठा ,बासको लिङो गाडी ,४२ जोड रातो सेतो ध्वजा ४२ जोड पाथीको(तितेपाती ) लिङोमा बाधिन्छ , ४२ वटा गोबरको खोपिल्ता बनाई गाईको दुध भरिन्छ भने ,१ माना जति गाईको घ्यु चाहिन्छ ,पुजारीले बिबिध बिधी पुराई ,पाठालाई मन्छाएपछी उक्त देउता स्थल्मा रहेको गोमनको बुटा(बोट)देखी तल ठुलो जुर(थुलो ढुङाको थुम्का/धिस्को)रहेको छ र त्यस्माथी खिर्र्ओको रुख रहेको छ त्यता दिशा फर्की पुजा गरिन्छ ।
२२ से २४ से राजाकाल भन्दा धेरै अगाडि पुन्ठोकेहरुले पुज्दै आएका रहेछन् उक्त देवतालाई, तर पछि “मगरदाङगाउवासी “डङाले हरुले चाल् पाएपछी आफ्नो सिमाना भित्र रहेको देवतालाई हामिले पुज्ने भनि अद्दी लिए तर दुबै तर्फबाट आ आफ्नो अडान कायम भए पछि सम्झौता अनुसार गाउका पित्री ,भद्र भलाद्मी ,पुजारी सबै जम्मा भई दुबै तिरको पुजारी बसी पाठालाई मन्छाउदा जस्को पहिले मान्छ उस्ले पुजा गर्ने सल्लाह अनुसार भेडाको पाठालाई मन्छाउदा डङालेको पाठाले पहिला मानेको हुँदा सर्त अनुसार डङाले हरुले पुज्दै आएका छन् ,यसरी जिती सके पछि बिजयउत्सव मनाउन को लागि खोलाको छेउ निर रहेको ठुलो चौरमा जात्रा लगाउने टुङो भयो र त्यहि निर रहेको राघ्गिरीको रुख को फेदमा थान निर्माण गरि पुजा गरे पछि ,सज्जन व्यक्तीले थान्मा राखेको ठेलो निकाली उद्घाTन गर्ने र जसले जित्छ उसलाई,”जसलाई माल भनिन्छ “१० हात् लामो ढोरो(पगरी)गुथाई हर्शबधाई गर्ने चलन बसाए , र उक्त अवसरमा सिङारोमारुनी नाच लगाई ,गितैगीतमा देउतालाई खुशी बनाउदै तिन चक्कर लगाउछन भने मादलेले मादलको ताल फर्काई अब बर्खा लाग्न लागि सक्यो भेट हुदैन रक्षा गर्नु भनि कामना गर्दछन ,
पहिल्य पहिल्य ठेलो फ्याक्नेमा प्रथम हुने जसलाई माल भनिन्छ निक्क्कै हर्श बधैइ गरिन्थियो ,र यस प्रतियोगिताको निक्कै प्रचार प्रसार पनि हुन्थियो भने त्यति खेर अहिलेको जस्तो फुट्बल ,वलिवल आदि इत्यादी नहुदा ठेलो खेल नै जात्राको प्रमुख आकर्शन हुन्थियो र अहिले फलना खेलाडी ,फलना नायक ,गाएक भने जस्तै फलना मालको ठेलो हेर्न टाढा टाढा बाट दर्शक ओइरिन्थे ।यसरी जात्राको अन्तिम् दिन हर्सोउलास पछि सबै लतरम्म फलेका काफल खाँदै आ आफ्नो घर फर्किन्थे भने तरुनी तन्नेरी हरुमा तरुनीले कपाल ढाक्ने रुमाल फुकाई त्यस्मा अतिनै आकर्सक घिउमा बनाइएको गहुको रोटी ,कल्लाको बिरम्ला , चटनी आदिका साथ काठको ठेकाको रक्सी दिने चलन थियो र अन्त्मा तन्नेरी हरुले पनि ईच्छा अनुसार पैसा ,दाम राखी दिन्थे ,भने तरुनीले दोकोबाट मादल निकालेर दियेपछी रात् भर गीत गाउदै बस्थे र बिदाबारी भई घर फर्किन्थे .
देउता भिर मेला पहीले पहिले पुजा स्थल र जात्रा लाग्ने ठाउ नजिक रहेपनी पछि २०२४/ २०२५ साल तिर समयको माग अनुसार गाउका युवा हरुले देउताभिर मेला स्कूल घरमा लगाउने माग राखे भने बुढापाकाले उक्त कुरालाई देउता रिसायी असुभ हुने जानकारी गराउदा गराउदै पनि बहुमत अनुसार स्कूल घरमा नै मेला लगाउने निधो भयो ,र बैशाख पुर्णिमाको मेला माथी गाऊको स्कूल मा धुमधाम सँग बिबिध कार्यक्रम् सँग लाग्दै थियो अचानक ठुलो असिना ,हुरी बतास आई गहु ,जौ पाकेर स्याहार्ने बेलामा सबै अन्न बाली नस्ट भएको घट्ना पनि ताजै जनाए ,त्य्सैले देउता भिरलाई निकै शक्तिसाली देउताको रुपमा उक्त गाऊ लगायत अन्य गाउकाले मान्दै आएका छन् ,
प्राक्रितिक छटाले भरीपूर्ण देविस्थान गाविस उत्तर तर्फ हेरिरहु लाग्ने धौलागिरी ,गुर्जा हिमालको ड्रिश्य अवलोकन गर्न सकिन्छ भने चारै तिर फैलिएको घना जंगल ,बिबिध जात्जातिका रुख विरुवा ,फलफुल ,औसधीको रुपमा प्रयोग हुने बिबिध जतिबुतीहरु प्रचुर मात्रमा रहेको छ भने बिबिध प्रजातिका जंगली पसु पंक्षि हरुपनी प्रसस्तै देख्न पाईन्छ भने स्थानिय बासिन्दाले मनाउने बिबिध मौलिक चाड पर्वहरुको पनि रस्वस्वादन गर्न पाईन्छ
यत्ति ठुला देवता ,तिर्थ स्थल र अन्य प्राक्रितिक रमणिय स्थलहरु र स्थानिय भाशा ,सन्स्क्रितको अनुपम नमुना रहेको पर्यतकिय द्रिस्तिकोणले निकै सम्भाबना बोकेको देविस्थान गाविस प्रचार प्रसारको अभाबले ओझेल्मा परेको पनि बताउनु भयो ।
पर्मुख अतिथि श्री खड्क गर्बुजाले आफ्नै गाऊ ठाउका कोहि फुपु ,कोही भान्जी ,कोही दिदि ,कोही भतिजा ,कोही नाति ,कोही माइजु ,कोही पुसौ जस्ता नातागोताका साथ् हास्न रमाइलो गर्न पाउदा निकै खुशी लागेको जानकारी दिदै यो जमघटलाई भेटघाट र मनोरन्जमा मात्र सिमित नराखी आफ्नो गाऊको बिकास ,त्यहाका जन्ताका उत्थानको लागि पनि सहयोग गर्न आग्रह गर्दै आफ्नो सघ्रस्का सुरुका दिनमा श्रीजना गरिएको ह्रिदयबिदारक गीत "हासी खेली बिताउने उमेरमा रीमै रोयर बित्यौ जिन्दगी बेनी बजार काली गन्डगी "देखी सुरु गरि ,उन्का बहु चर्चित सालैजो भाका "त्यो रानी बनको सालैजो " झयाउरे भाका,,सुन मुरली लगायत थुप्रै नयाँ पुराना गीत पस्किनु भयो भने आफ्नै गाउ ठाउका कलाकार सँग गाउन नाच्न पाउदा देविस्थान बासी निक्कै हर्शित थिए ।
उक्त कार्य क्रममा मनमाया सिउथानी ,कल्पना सिउथानी ,सोफिया बुढा ,सोनिया बुढा ,यमुना बुढा ,क्रिस्तल तुलाचन,सिल्विया बुढाथोकीले निर्त्य प्रदसन गरि मनोरन्जन दिएका थिए , भने उक्त कार्यक्रममा कौ प्रसाद पुन को अदक्ष्यतामा नयाँ कार्य समिति गठन गरिएको थियो जसमा अद्क्ष्य कौ प्रसाद पुर्जा ,सचिव बिजय सिङ्थानी ,कोसादक्ष्य चित्र बुढा ,सान्स्क्रितिक बिभाग टन्क शेर्चन ,बिभिन्न गाउका प्रतिनिधि हरुमा जुग्जा गाउका दुर्गा पुर्जा ,पुन्थोक गाऊ बाट खामु पुर्जा ,घर्ठोक /डाङा बाट विजय सिङ्थानी ,रुन्मा बाट नबिन बुढा ,त्यस्तै आमा समुहमा श्रीमती कृष्ण बुढा ,स्रिमती मिना बुढा ,स्रिमती गौमया पुर्जा ,स्रिमटी कल्पना शेर्चन ,स्रिमती प्रेम् कुमारी पुन ,सल्लहाकार हरुमा रेशम शेर्चन ,दम प्रसाद पुन ,दम्मर्सिङ्ह पुन ,टक्लाल पुन ,पदम बुढा , अोम प्रसाद पुन ,पदम बहादुर राना ,धोजेन्द्र तुलाचन ,युवा प्रतिनिधिमा डा चजिन्द्र राना चयन् हुनु भएको छ । उक्त कार्यक्रम्को प्रमुख उदस्य आपसी भेटघाट मात्र नभएर गाऊठाउको बिकासको लागि सहयोग अनी आफ्नो गाऊ ठाउको रिती रिवाज ,सन्स्क्रिती ,आदीको जगेर्ना गर्नुको साथै त्यहाका पर्यतकिय सम्भावनाहरुको पनि प्रचार प्रसार गर्नु रहेको थियो । उक्त अवसरमा गाउमा बनाइने कल्लाको बिरम्ला ,चटनी ,घियुमा पकाइने चेप्तो रोटी सँग संगै बी बी क्यु आदिको पनि व्यवस्था गरिएको थियो .
उक्त कार्यक्रममा बिबिध मनोरन्जनात्मक कार्यक्रम अनुसार ठेलो फ्याक्ने प्रतियोगिता ,निर्त्य , चित्ठा आदि खेलाइएको थियो , बिबिध बिषयमा सफलता प्राप्त गर्ने हरुको सम्मान गरिएको थियो सम्मनित हुने हरुमा पोस्ट ग्र्याजुएसन गर्ने जुग्जा गाउका भिम फगामी ,जी सी ए सी मा सफलता पाउने सोफिया बुढा ,गिल्द फोर्ड युनी वर्सिती बाट ए लेवल्मा ए ग्रेड ल्याउन सफल सुबाश पुन ,ए लेवल्मा सफलता हात् पार्ने प्रिती पुन थिए भने नयाँ कमिटी सदस्य हरुलाई पनि स्वागत स्वरुप सम्मान गरिएको थियो। भने नयाँ कमिटी सदस्य हरुलाई पनि स्वागत स्वरुप सम्मान गरिएको थियो जस्मा श्रीमान श्रीमती दुर्गा पुर्जा ,स्रिमान श्रीमती कर्ण बहादुर पुन , श्रीमान श्रीमती देउ नारायण फगामी ,श्रिमान श्रीमती चन्द्र बहादुर पुन ,पुत्र लाभ गर्नु भएका श्रीमान श्रीमती टकलाल पुन रहनु भएको थियो.
डङाले लगायत सबैले मानी आएका आस्थाका देवता सिद्ध बरहा ,देउता भिर लाई अझै कुनै कसुर नराखी मान्दै आएका छन् भने मेला जात्रा पनि बैशाख पुर्णिमाको अवसर पारी ,बिबिध खेल्कुद् ठेलो फ्याक्ने ,तारो हान्ने ,भलिबल आदिको आयोजना गरि गरिन्छ भने ,स्थानिय भाकाका गीत,सिङारु मारुनी नाच , सोरठी लगायत बिबिध साँस्कृतिक कार्यक्रम् हर्शोल्ल्स्का साथ मनाइन्छ जस्को रौनक,साख अझै सम्म झरेको छैन् ,उक्त मेला हेर्न र बिबिध कार्यक्रम्मा भाग लिन म्याग्दी ,बाग्लुङ ,पर्वत ,मुस्ताङ सम्मका युवा युवती,बाल बालिका ,प्रौध कयौ दिन हिडेर पनि आउछन् भने ,लाहुरे परम्पराले गाजेको उक्त गाउका प्राय युवाहरु अहिले बिभिन्न मुलुक्मा गएपनी देउता भिर जात्रो हेर्न र मान्न भने बर्षमा एक पटक घर फर्किन्छन.
No comments:
Post a Comment