शक्तिकुमार पुन (सुतपहराइ ) मगर, रुकुम
केहि समययता पुनहरु मगर हैनन् भन्ने एउटा भ्रमको हावा बिस्तारै चौतर्फी फैलिरहेकोछ । यस्तो भ्रम फैलाउन पुन समाज नेपाल भन्ने संस्था प्रत्यक्ष लागिरहेकोछ । उसले सरकारसंग गई हामी मगर होइनौ भन्ने आशयमा बिन्तिभाउ बिसाइसकेकोछ । पुन मगर हैनन भन्ने उनीहरुको तर्क अनौठो छ । उनीहरुका तर्क अनुसार पुनहरुको अन्य थरहरुसंग रहनसहन र संस्कृति नमिल्ने हुनाले पुन छुट्टै जाति हुन् ।
तर तिनले के जानेका छैनन् भने रुकुम मैकोटका पुनहरुले गोरुको बली दिन्छन । रुकुम रोल्पा तिर गाईको मासु खान हिच्किकिचाइदैन । के गण्डकका पुनहरुले यो सोच्न पनि सक्छन् ? पुनहरुका करिब पाँच सय उपथरहरु रहेको अनुसन्धानले देखाएकोछ । जस्तै सुतपहराई, तिलिजा आदि । ति कसैको कसैसंग रहनसहन मिल्दैन । के त्यसैको आधारमा पाँचसय उपथरहरुले पनि छुट्टै जातिको दावि गर्ने ?
रोल्पामा दशै मनाइदैन । तर म्याग्दी तिरका पुनले यो बाहुन क्षेत्रीले भन्दा बढी मान्छन् । पुनहरुमै कुल देउतालाई भेंडा चढाउने चलन छ । राप्तीका पुन मगरले हिन्दुधर्मका देवी देउता हैन थानको पुजा गर्छन । त्यहाँका पुन प्रकृति पुजक हुन् । तर पहिचानको राजनीति बढेपछि जनगणना २००१ मा त्यहाँका अन्य मगर थर लगायत पुनहरुले आफ्नो मौलिक धर्म बौद्ध लेखे ।
उनीहरुले त्यसो गरेकै कारण पछिल्लो समय बौद्ध मगरहरुको जनसंख्या ह्वात्तै बढेकोथियो । तर यसको ठिक उल्टो म्याग्दीका सिख लगायतका ठाँउका पुन मगरहरु आफुलाई पृथक र उच्च जातिको रुपमा देखाउन जनै भिर्न उद्दत देखिन्छन् । यो समाचार समाचारपत्रले प्रमुखताका साथ छापे । तिनले मगरका पूर्वज हिन्दुधर्मका बिद्धान भएको र पछि खोसिएकोले पुनः समताधर्म हिन्दु धर्मलाई अंगिकार गरेको बेतुके तर्क दिइरहेकाछन् ।
मगरका थरबीच समानता छैन भन्ने अति बुझक्कडहरुले के बिर्सेकाछन् भने यस्तो परिवर्तन भौगोलिक कारणले हुनेगर्दछ । पाँचथरमा बस्ने मगर पनि राईको भाषा मज्जाले बोल्नसक्छ । त्यहि रहनसहन अपनाइरहेको हुन्छ । पाल्पाका कामी दमै ,बाहुनले मज्जाले मगर भाषा बोल्दछन् । तिनका रहनसहन पनि मगर मिल्दा जुल्दा हुन्छन् । त्यस्तो देखेर उनीहरु पनि मगरकै हाँगाविगाँ हुन् भनि कुनै मगज फुस्केका निस्कन सक्लान् तर त्यो यथार्थको कोसौ टाढा र अनुसन्धान बिनाको कसैलाइ लागेको भ्रम मात्र हुनेछ ।
पुन मगर हैनन् भनि तर्क गर्नेहरुले यो कुनै अनुसन्धान र तथ्य र सत्यको आधारमा भनिरहेका छैनन् । कसैलाई लागेकै भरमा यत्रो ठूलो निर्णय लिइदैछ र अबुझ र सोझा पुन समूदायलाई यस्तो भ्रमपूर्ण बाटोमा हिंड्न उक्साइदैछ । यसो गर्नुको पछाडि उनीहरुको आफ्नो केहि राजनैतिक स्वार्थ सिधा देखिन्छ । हिंजो जातीय मुद्दाका कुरा उठ्दा दुलोभित्र लुकेर सत्ताको चाकरी गरि पुन समाजकै अवनति मा लाग्ने केहि किरा अहिले सलबलाउनुको स्पस्ट कारण छ । यिनले चाहेर पनि देशको तेस्रो ठूलो जनसंख्या ओगट्न्े मगरसमूदायभित्र माखो मार्ने हैसितय राख्दैनन् । यो भ्रमको झण्डा बोकेर हिंड्ने ब्यक्तिहरुको पृष्ठभूमी हेर्दा यी आफ्नो वडा र गाँउस्तर भन्दा माथि उठ्न सक्ने हैसियतका पनि देखिदैनन् । यी सानो ठाँउमा भुरेटाकुरे राजा भएर राज गर्न चाहन्छन् ।
यिनलाई सानो समूह छुट्याएर राजनीति गर्नुपरेकोछ । त्यसैले कुनै प्रमाण र तथ्य बिना यत्रो ठूलो प्रपन्च रच्ने कार्य गरिकएकोछ । मगरसंघका केहि ब्यक्तिको कमजोरी र तिनले केहि पुन बन्धुहरुमाथि गरेको ब्यक्तिगत ब्यवहारलाई बहाना बनाई यस्तो भ्रम खडा गरिएकोछ । हो मगरसंघका अध्यक्ष झक बहादुर थापाले उत्तम पुन र राजकुमारी पुनसंगको ब्यक्तिगत रिसइवीका कारण पुन समाजलाई नै गलत रुपमा बुझेर त्यहि अनुरुप ब्यवहार गर्ने गरेकाछन् भन्ने सुनिएकोछ । तर यसो भन्दैमा दाज्यूसंग रिसाएर बुवाआमालाई म तेरो छोरै हैन भन्नु भन्दा मूर्खता के हुन सक्छ र ।
यस्तो तुच्छ र छुद्र ब्यवहार गर्नेहरु स्वभावत संकिर्ण हुने नै भए । यिनको सोचाईको दायरा साघुरो हुने नै भयो । तर यिनले के बिर्सेकाछन् भने यसले समग्र मगर समूदायको मात्र हैन तिनले राजनीति गरिरहेको एउटा निश्चित क्षेत्रका पुनहरुकै कुभलो गरिरहेकोछ । लाखौं जनसंख्यामा रहेका मगरले त राज्यलाई दवाव दिन नसकिरहेको अवस्थामा त्यसबाट सानो चोइटा छुट्याएर यी 'क्रान्तिकारीहरु'ले जनजाति आन्दोलन भुत्ते बनाउन खोजिरहेकाछन् ।
पुन मगर हैनन् भन्नेहरु पुनलाई नै सत्ताको नजिक पुग्ने बाटोमा हैन अर्काे बाटोमा डोहोरयाउन खोजिरहेकाछन् । यो षड्यन्त्र कसको दिमागको उपज हो यो पनि खुल्दै जाला तर जसको भाँउतोमा लागेर केहि उपब्रुजुकहरु उफ्रिरहेकाछन् ति अज्ञानीहरुले आफुसंगै समाजलाई पनि संगसंगै डुबाउन खोजिरहेकाछन् । म्याग्दीमा पुन समाजलाई शिक्षाको दिक्षा दिने टेक बहादुर पुनलाई उद्दरण गर्दे यस्तो दुस्कार्य गरिरहेका हरुले के लुकाउन खोजेकाछन् भने टेक बहादुर यति सानो सोचाइका थिएनन् । फिमलामा उनको बारेमा छापिएको आलेख अनुसार उनले समस्त मगर समूदायकै हितका लागि काम गरेकाथिए । उनको सत्कर्मबाट पाठ सिक्नुको साटो गलत ब्याख्या गरेर समाज नै भाड्ने काम गरिदैछ ।
मुलत यो संकिर्ण सोच फैलाउने काम म्याग्दीका केहि निश्चित क्षेत्रका पुन दावि गर्नै ब्यक्तिहरुबाट आइरहेकोछ । सुनिए अनुसार, पुन समाजको नाममा केन्द्रिय समिति बनाइएकोछ जसमा शतप्रतिशत म्याग्दीकै पुन हुँ भन्नेहरु संगठित छन् । बुटवल, कावासोती, चितवन, काठमाण्डु, पोखरामा छरिएर रहेका म्याग्दी वरपरका पुनहरुको सामाजिक संस्था हो यो । यस्तो संस्था खोल्नु गलत किमार्थ होइन तर जातीय हकहित र तिनलाई राज्यसत्तामा पुरयाउन रणनीति कसरी बनाउने भन्न छाडेर त्यहाँ जान रोक्न खोज्नु पक्कै गलत हो ।
यो संस्थाले जनै लगाउने पुनहरुबारे बिरोध गरेको कहिल्यै सुनिएकोछैन । हिन्दुधर्मको महायज्ञ लगाउने र तिर्थाटन मा डुल्ने आफ्ना सहोदरहरुलाई आफ्नो धर्म संस्कृतिको ज्ञान दिएको पनि देखिदैन । भाषा बिर्सेर बसेका गण्डकका पुनहरुलाइ कसरी भाषाको ज्ञान दिने भनेर सोच्नुको साटो यो तेरो यो मेरो भनेर भाषिक राजनीति पनि शुरु गरेकोछ । पुन समाजका नेताहरुका घरमा भुण्डिएका हिन्दु देवी देउताका तस्वीर मुर्तीहरुले नै प्रस्ट पार्छन् पुन समाजलाई कता डोहोरयाउन चाहन्छन् यी । हालसालै तेजप्रकाश पुन जस्ता नकली पुनको बदमासीको बारेमा पत्रिकामा पढ्न पाइयो । के थाहा त्यस्तै नकली पुनहरु संस्थामा घुसेर यस्तो समाज भाँड्ने कार्यमा लागेका त हैनन् ?
सुनिदैछ, हालसालै म्याग्दीमा कर्पाकेली बाजेको मुर्ति बनाइदैछ । म्याग्दी वरपरका पुन समाजमा उनले कतिको देन दिएकाथिए त्यो अध्ययनकै गर्भमा छ तर त्यसले म्याग्दीका वरपरका पुनहरुले एउटा पुर्खा पाएकाछन् । कम्तिमा त्यसले बिस्तारै दुर्गा लक्ष्मी शिव पार्वतीको ह्यागओवरबाट मुक्त गर्न सहयोग गर्ला तर यसले सबै पुनको मर्मलाई भने समेट्दैन । उनी एउटा प्रतिक मात्र हुन् । त्यो पनि म्याग्दीका पुनको । पुन समाज यदि साँच्चिकै पुनको लागि स्थापना गरिएको हो भने त्यसले फराकिलो दायरामा आउनैपर्छ । सबैभन्दा बढी पुनहरु बस्ने र पुनको उदगमस्थल मानिएको राप्तीमा पुन संस्कृति बिद्यमान छ । त्यहाँबाट हाम्रो मौलिकता खोज्नुपर्छ । पुनको मौलिकता म्याग्दि नजिक रहेको मुक्तिनाथबाट पाइदैन ।
म्याग्दीका पुनहरुलाइ भजाएर हिंजो उत्तम पुन, नारायणसींह पुनहरु सत्ताको नजिक पुगे । तर तिनले आफुसंगै आफ्नो समूदायलाई त्यहाँ लैजाने कुनै कार्य गरेनन् । नारायणसींहले अन्तिम समयमा खोलेको समता पार्टी त्यसैकारण मृतअवस्थामा छ । किनकी उनले त्यो उद्देश्य बमोजिम कसैलाई दिक्षित नै गर्न चाहेनन् । उनीहरु दास उत्पादन गर्न मात्र चाहन्थे ।
आफ्नो संस्कृति बचाउन पाँच हजार दिने तर हिन्दुको महायज्ञमा पाँच लाख बाँड्दै हिंड्ने तिनको ब्यवहारले उनले कसको धर्म , संस्कृतिलाई पालित पोषित गरिरहेकाथिए प्रस्ट हुन्छ । तिनै पुनबाट दिक्षित भएका केहि ब्यक्तिहरु जो हाल माओवादीको झण्डा मुिन ओट लाग्न पुगेकाछन् तिनैले अहिले पुनको नाममा काइते राजनीति गरिरहेको बताइदैछ । म्याग्दीबाट पोखरा आइ जमेका उत्तम पुन र राजकुमारी पुन जस्ताहरु जहिले पुन समाजाई आफ्नो खल्तिमा राखिराख्न चाहन्छन् । अहिलेको राजनीतिमा मगरसंघको विरोधको मन्त्र उनीहरुबाट पनि कबमेसी आएको देखिन्छ ।
उत्तमहरु अझै पनि पंचायतकै शैलीमा रमाउन चाहन्छन् । आफुलाई म्याग्दीका केहि पुनका राजाको रुपमा प्रस्तुत गर्न खोजिरहेकाछन् । यी महानुभावले यदि यस्तो काइते बुद्धि उनको कार्यकर्तालाई लगाएर गरेका हुन् भने यो उनको कार्य ब्यक्तिगत र समाजकै हित प्रतिकूल छ । आश्चर्यलाग्दो प्रसंग के छ भने यो आन्दोलनमा लाग्ने नेताहरु कोहि पनि ठिक ढंगले पढेका छैनन् । साक्षरहरुको जमात मात्र देखिन्छ । न ति जातीय आन्दोलनमा यसअघि कतै देखिएकाछन् । यस्ताले ल्याएको यो आन्दोलन न बौद्धिक छ न जातीय हित अनुकूल ।
एउटा निश्चित जातिको हैकम चल्ने र जनजातिहरुलाई एकापसमा भीडाएर तमासा हेर्ने साम्प्रदायिक ब्यक्तिको नेतृत्व रहेको माओवादीले जातीय मुक्तिको नाममा राजनीतिको कखरा सिकिरहेकाहरु लाई भ्रम फैलाइरहेकोछ । हिंजो यस्तो काम राप्तिमा गरियो आज गण्डकमा गरिदैछ । हिंजो युद्धमा लड्ने यहाँका मगरहरुको यो दलमा आज अस्तित्व छैन । सबै अवसरवादी मुल्लाहहरुको जमघट भैसकेको छ । उनीहरु बिस्थापित भैसकेकाछन् । तिनको पिडा सुन्न रोल्पा रुकुमका गाँउमा आए हुन्छ ।
बर्षमान पुन र नन्दकिशोर पुन पनि केहि समयका लागि मात्र हुन् तिनका पनि अवनतिका दिनगन्ति शुरु भैसकेकाछन् । उनीहरुलाई पाखा लगाउने उद्यम शुरु भैसकेकोछ । तर यस्तो राजनीति पहिल्याउन नसक्ने ब्यक्तिहरु फेरि पुष्पकमल दाहाल प्रचण्डकै षड्यन्त्रमा परेर पुन राजनीति गरिहेका छन् । समयमै नचेत्ने हो भने तिनले टाउको समातेर रुने बेला धेरै कुर्ने पर्देन ।
source :www.rajyasatta.com
Explore the world with soalteemagar,keep visitng I will be back soon!!!!सोल्टीमगरको यो साझा चौतारीमा तपाईहरु सबैलाई हार्दिक स्वागत छ । soalteemagar's generous webpage.
Featured post
जातीय पहिचान सहितको संघियता हुँदैमा बाहुनहरुले डराउनु पर्दैन
जातीय पहिचान सहितको संघियता हुँदैमा बाहुनहरुले डराउनु पर्दैन ददि सापकोटा एक जना साथीले मलाई सोधे ‘हैन ददी जी, तपाइ बाहुन भएर किन जातिय ...
Subscribe to:
Post Comments (Atom)
News
Interaction with IP leader Parshuram Tamang by FIPNA in NY, Aug 17 2011
आदिवासी जनजाति आन्दोलनका एक प्रखर योद्धा डा कृष्ण भट्टचन
टिका फगामी मगर को घन घन मादल घन्काउदै -ghan ghan madal ghankaaudai
INNOCENT VICTIMS OF CONFLICT-NEPAL
INNOCENT VICTIMS OF CONFLICT- NEPAL
Al Jazeera Correspondent: Mustang: A Kingdom on the Edge
नानीले देको रुमाल त्यही पनि खस्यो हरायो -सुमन बुढा मगर
Teenage Dream-Katy Perry
Magar SonG
उनको प्रीत =जगदिश समाल मगर ,सपना श्री
Hotel California Eagles DQ Nasha
How to simplify… your CV (for maximum impact)
Finding a new job in the current atmosphere of recession is not easy, but getting your CV working for you will make the chances of securing that all important interview much greater.
The recruiter who receives your CV will probably have dozens and dozens to sort through, and very little time to do so, so your CV will have to showcase your relevant experience, skills and qualities in less than ten seconds. Simplification is the key to success.
Less haste, more success.
The golden rule for job applications is not to rush. Give yourself ample time to collate the information for your CV. If you dash something off the night before a deadline and it leads to your application being discounted, all your experience and hard work will be wasted.
Structure your CV.
The most important information – usually your skills and recent experience – should be clearly laid out at the very beginning of your CV, as it’s this that will get you long-listed for an interview. Don’t assume the recruiter will search through reams of information to find out if you’re qualified for a position – they won’t!
Keep it short.
Whilst there’s no hard and fast rule for the length of a CV, a couple of pages are usually regarded as the norm unless you’ve had a very long career or the recruiter specifically asks for a more detailed CV. Keep it punchy, get your foot in the door and save the more involved explanations for your interview.
Keep it sweet.
Your CV should not become a confessional, a list of mishaps or a series of excuses. Exorcise any references to failure – whether that’s examination, marital or business. Write positively and present your best face to the world, concentrating on the experience and achievement that equips you for a bright future.
Make it look good.
Decorative patterns and eccentric formatting can often detract from your message. Keep your CV uncluttered with short sentences, big margins around your text and key points emphasised. Bullet points can be useful in moderation.
Tailor your CV.
A sure-fire way to boost your chances of getting an interview is to tweak your CV for each application you make. Do your research on the business or organisation – what type of language do they use on their website to describe their staff and their outlook? Can you mirror this in your CV? Go through the job spec with a fine tooth comb, making sure to include examples proving relevant experience for all requirements of the role.
Don’t leave suspicious gaps.
Any unexplained gap in your employment history will be regarded with suspicion by recruiters, so make sure to plug those holes. Even times of unemployment can be adequately justified if you focus on the development of soft skills such as project management, communication or teamwork.
Check, check, check. And then check again.
Any spelling or grammatical mistakes in your CV are going to create a negative perception in the mind of the recruiter – why would they want to employ someone slapdash? Whilst spell-checkers can be useful they don’t catch everything and can often end up erroneously altering words to American spelling conventions. Get as many people as possible (who can spell) to go over your CV for typos and grammatical errors.
Ditch the snapshot and personal info.
Unless specifically asked to provide a photo of yourself, leave it out. The skills, achievements and experience you describe should carry weight with the recruiter, not your hairstyle. In the same way, you should not provide recruiters with age, weight, height, religion or marital status unless strictly relevant to your application.
Be honest.
Never, ever embellish the truth in your job application, no matter how well you think you can cover it up. It only takes a quick phone call for the recruiter to discover that your First in Biochemistry from Oxford is actually a NVQ in Food Science from your local community college. Highlight the positives in your CV, but don’t include blatant lies – even in the section on your leisure activities.
I like your view but what i would like you to say is pachthar ma rai haru ko janashankhya ekdam kam chha. pachthar ma limbu haru chhan. tesaile dherai jasto magar limbu ko rahan sahan siki sake. kripaya gari ma euta kura bhanna chahanchhu.
ReplyDeleterai haru nepal ko solukhumbu, udayapur, bhojpur, khotang ra sankhuwasabha ma dherai payinchha and
limbu haru nepalko taplejung, sankhuwasabha, panchthar, therhathum, ilam, dhankuta ra purbi terai ma jhapa morang ra sunsari jilla ma basobash garchhan.