नेपालका प्रथम शहिद क्या. लखन थापा मगर दिर्तियको नाममा सन्चालित "चौथो लखन थापा मेमोरियल कप" युके मा हर्सोल्लासका साथ सम्पन्न भएको छ।
९ ए साईड फूटबलमा ४३ समुहको उत्साहजनक सहभागिता रहेको उक्त प्रतियोगितमा युथ (१६ बर्ष मुनिका), मेन (१७ देखि ३७ बर्ष ) र भेटेरान (३८ बर्ष माथि का उमेर) समुह मा बिभजन गरिएको थियो। लिग कम नक आउट चरण्मा खेलाइएको उक्त प्रतियोगितमा युथ समुहमा पुन समाज युके ले गोर्खाली भान्जाजलाई ३-२ ले पराजित गरी प्रथम स्थान हासिल गर्यो भने, भेटेरान तर्फ मगर समाज युके ले धरान समाजलाई पराजित गरेको थियो। त्यस्तै मेन तर्फ अत्त्यन्त प्रतिस्पर्धात्मक खेलमा एफसी तोङ्बाले पेनाल्टी शुटआउट मा केन्त मगर एसोसिएसनलाई ३-२ ले पराजित गरी प्रथम भयो।
प्रथम सहिद कप मा बल ले जाली चुम्दै |
उक्त प्रतियोगितमा युथ तर्फ म्यान अफ द म्यात्चको उपाधी गोर्खाली भान्जाका सुमन राना मगर भए भने मेन तर्फ केन्ट मगर एसोसिएसन्का नर बहादुर राना मगर र भेटेरन तर्फ मगर समाज युके का सन्त बहादुर आले मगर भए।
मगर संघ युके को आयोजनामा सन्चालित लखन मेमोरिअल कप सन २००७ मा स्थापित भई अहिले चौथो बर्ष पूरा गरी पाँचौ बर्समा प्रवेश गरेको छ। वि .स. १८९१ मा गोर्खाको बुन्कोत स्थित काउले भङारमा जन्मेका क्या. लखन थापा मगर दिर्तिय जहानिय राणा शासनकको पर्वर्तक जङ बहादुर राणा विरुद्ध प्रजातान्त्रिक आन्दोलन लडी देश र जनताका निम्ति शहिद हुने प्रथम व्यक्ति थिए।
डा चजिन्द्र राना मगर "मगरडाङ म्याग्दी",
हाल बेलायत
No comments:
Post a Comment