जनजातिलाई माथि पुगेको हेर्न नचाहने बाहुन बादि षड्यन्त्रको चिरफार
पेन्सनर एआईजीहरु अदालतमा
हुम बहादुर (पचभैया) थापा मगर, जनजाति समुदायबाट एआइजी बनेका कुबेर सिं राना मगर यहि भदौमा प्रहरी महानिरीक्षक बन्ने पक्का भएपछि गैर–जनजातिहरुको छाती भित्र आगो दन्किदै मुटुमा ढेन्ग्रो ठटाउन सुरु गरेको छ । राना भन्दा जुनियर तथा कनिष्ट एआइजीहरु नवराज ढकाल र भिष्मराज प्रसाईले रानालाई बढुवा हुनबाट रोक्नकै लागी ठुलै शक्ति र धनरासी खर्च गरेर अर्को महिना सेवाबाट अनिवार्य अवकाश लिनै लागेका एआईजीहरुलाई शक्ति केन्द्र धाउन लगाएका छन् । त्यसरी शक्ति केन्द्र धाउने एआईजीहरुमा मदन बहादुर खड्का, नरेश गुरुङ्घ, कल्याण कुमार तिमिल्सिना, किरणकुमार गौतम्, प्रकाश कुवँर, अर्जुनजंग शाही ३० बर्षे सेवा अवधिका कारणले महानिरीक्षक रबीन्द्र प्रताप शाहसँगै २९ भदौ २०६९ मा सेवानिबृत् हुदैँछन् । तर पैसाको खेलमा कानुन मै नभएको नियमावली संशोधन गराई २ बर्ष सेवा अवधि बढाई दिन प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकसंग बिन्तिपत्र हाले पनि टेरपुच्छर नलागेपछि एआईजीहरुले २२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गर्न पुगेका हुन । कार्यालय समय सकिएकाले उनीहरुको रिट दर्ता भने हुन सकेन । आफूहरु सिनियरको विरुद्ध विनाकारण अदालतलाई जानु प्रहरी ऐन, कानुन विपरीत हो ।