भुकम्प बाट मृत्यु हुनेको संख्या दस
असोज १ गते साँझ आएको भुकम्पबाट मृत्य हुनेको संख्या ६८ पुगेको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार नेपालमा १० भारत ५४ र तिब्बतमा ४ जनाको मृत्यु भएको हो । पछि मृत्यु हुनेहरुमा संखुवासभा नुम १ का पाँच वर्षीय प्रदीप राई, धरान १८ का ६५ वर्षीय धनबहादुर राउदेन, बारा भगवानपुरका ३४ वर्षीइ जैसीलाल पासवान, मेचीनगर १० का ६ वर्षीय आयुषा घिमिरे छन् । समाचार एजेन्सीका अनुसार भारतमा अहिलेसम्म ५४ जनाको मृत्यु भएको छ । यसअघि काठमाडौंमा ३ र धरानमा ३ जनाको मृत्यु भईसकेको छ ।
नेपालीको सिमावर्ती चीनमा सात जनाको मृत्यु भएको समाचार एजे_िन्सहरुले जनाएका छन् । ६.८ रेक्टरस्केलको भुकम्प भारतको सिक्किम क्षेत्रलाई केन्द्र विन्दु बनाएर आएको थियो ।
भूकम्पबाट बच्न के गर्ने ?
• घरमा भए दौडँदै बाहिर ननिस्कने, माथिबाट खस्ने कौशी, छानाले पुर्न सक्छ।
• घरभित्रै टेबल, बिछ्यौना मुनि जस्ता सुरक्षित ठाउँमा लुक्ने अथवा भित्री गारोमा अडेस लाग्ने।
• बाहिरी गारो, सिसा, गह्रौं दराजनिर नबस्ने।
• घर बाहिर भए घर, बिजुलीको लाइन, पुलबाट टाढा बस्ने, सडकबाट खुला मैदानतिर लाग्ने।
• गाउँतिर खुला ठाउँमा भए खोला र नदीको किनार, ठूला रूख भएको र पहिरो आउन सक्ने ठाउँतिर नबस्ने।
• भुइँचालोपछि धेरै पटक धक्का आइरहन सक्ने हुनाले सावधान रहने।
स्रोत :- राज्यसत्ता डट कम
source:www.rajyasatta.com
No comments:
Post a Comment